स्वयम्भूको आनन्दकुटी विहारमा ७ फिट अग्लो बुद्ध मूर्ति प्रतिस्थापन

मेयर शाक्यका अनुसार काठमाडौं महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार निर्माण गरेको छ । महानगरकै वडा नं. १० को अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन निर्माण गरेको छ।

नेपालभ्युज

स्वयम्भूको आनन्दकुटी विहारमा ७ फिट अग्लो बुद्ध मूर्ति प्रतिस्थापन

काठमाडौं। विश्व सम्पदा क्षेत्र स्वयम्भूमा काठमाडौं महानगरपालिकाले बुद्धको मूर्ति प्रतिस्थापन गरेको छ। मेयर विद्यासुन्दर शाक्यले आज बुद्धको मूर्ति अनावरण गरेका छन्।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको आनन्द कुटी विहारको पुनर्निर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन गरेको हो। आनन्द कुटी विहार विसं १९९९ मा धम्मालोक महास्थवीरले नेपालमा बुद्ध शासनलाई पुनर्जागरण गराउन स्थापना गरेका थिए।

महानगरले बुद्धसँग सम्बन्धित काम गर्न लगानी गरिरहेको मेयर शाक्यले बताए। “नेपालमा विहार बनाउन अरु देशले लगानी गरेका छन्। त्योभन्दा धेरै लगानी हामी आफैँले गनुपर्छ,” उनले भने, “सरकारी पैसा खर्च गर्न कानूनले तोकेका प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्छ। यसको परिधिमा बसेर हामीले बुद्ध दर्शन प्रवर्धनका लागि लगानी गरिरहेका छौँ।”

मेयर शाक्यका अनुसार काठमाडौं महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार निर्माण गरेको छ। महानगरकै वडा नं. १० को अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन निर्माण गरेको छ।

साथै, महानगरले वडा नं. २८ मा बुद्ध विहार र वडा नं. २५ को धर्मकीर्ति महाविहारको विस्तार भवन निर्माण सम्पन्न गरिसकेको छ। त्यस्तै, वडा नं. ५ मा नरबुद्ध विहार निर्माण भइरहेको छ। भगिनी सम्बन्ध भएको रामग्राम नगरको पण्डितपुरमा शान्ति कोलियग्राम पार्क निर्माण भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved