बलिउड निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ मार्च ११ मा सिनेमाघरमा रिलिज हुनेबित्तिकै यसले निकै चर्चा बटुलेको छ। फिल्ममा कश्मीरी पण्डितहरूको पलायनको कथा देखाइएको छ, जुन दर्शकले निकै रुचाएका छन्।
फिल्मले पहिलो हप्तामा बक्स अफिसका सबै रेकर्ड तोड्न थालेको छ। प्रभासको साउथ मुभी ‘राधे श्याम’ र आलिया भट्टको ‘गंगुबाई काठियावाडी’ जस्ता ठूला रिलिजहरूले यसलाई कुनै असर गरेनन्। ‘द कश्मीर फाइल्स’ हेर्न थिएटरमा मानिसहरूको ठूलो भीड लागेको छ।
तर फिल्म भारतमा यतिबेला विवादित बन्न थालेको छ। भारतका यूपीसहित भाजपा शासित ५ राज्यमा यसलाई करमुक्त गरिएको छ। धेरै ठाउँमा, बीजेपी समर्थकहरूले यसलाई सित्तैमा हेर्न पाएका छन्। तर भाजपाले यो फिल्मलाई पार्टीको एजेन्डाको रूपमा प्रचार गरिरहेको आरोप लाग्न थालेको छ।
कांग्रेसले ट्वीट गर्दै फिल्मको आलोचना गरेको छ। केरला कांग्रेसले आफ्नो ट्विटर ह्यान्डलमा फिल्मले तथ्यलाई तोडमोड गरेको आरोप लगाएको छ। यससँगै आसमका सांसद बद्रुदिन अजमलले पनि फिल्म कश्मीर फाइल्सको विरोध गर्दै प्रतिबन्ध लगाउन माग गरेका छन्।
सामाजिक सञ्जालमा केही व्यक्तिहरूले यो फिल्मलाई प्रतिबन्धको मुद्दा लगाउन माग गरेका छन्। यो फिल्मलाई प्रचारका रुपमा प्रयोग गरिएको उनीहरूको भनाइ छ। तर, राजनीतिक कारणले फिल्म चर्चामा आएको वर्तमान सरकारमा नै यो पहिलो पटक भने होइन।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गुजरात दंगामाथि बनेको फिल्म ‘परजानिया’को पनि मुद्दा उठाएका छन्। जसलाई बजरंग दल र अन्य राजनीतिक कारणले गुजरातमा प्रतिबन्ध लगाइएको थियो।
Facebook Comment
Comment