चारआली–केचना सडक निर्माण : ढिलासुस्तीले अधुरै

खतिवडाले सडक निर्माणको अन्तिम म्याद यही ३० चैतसम्म रहेको बताउँदै भने, “अब सडक निर्माणका लागि भनेर म्याद थप गर्ने योजना छैन।” तोकिएको मितिसम्म पूरा काम नगर्ने निर्माण व्यवसायीलाई कानूनअनुसार कारबाही हुने उनले बताए।

नेपालभ्युज

चारआली–केचना सडक निर्माण : ढिलासुस्तीले अधुरै

झापा। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली–केचना सडक”को निर्माण पूरा हुन सकेन।

दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके पनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनियर प्रमोद खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार चारआली–केचना ४० किलोमिटर सडक निर्माणका लागि १७ असोज २०७३ मा निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजङघा जेभीले १६ चैत २०७५ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए। तर पटक–पटक म्याद थप गर्दासमेत सडक निर्माणको काममा ढिलाइ भइरहेको उनको भनाइ छ।

खतिवडाले सडक निर्माणको अन्तिम म्याद यही ३० चैतसम्म रहेको बताउँदै भने, “अब सडक निर्माणका लागि भनेर म्याद थप गर्ने योजना छैन।” तोकिएको मितिसम्म पूरा काम नगर्ने निर्माण व्यवसायीलाई कानूनअनुसार कारबाही हुने उनले बताए।

खतिवडाले भद्रपुर नगरपालिकाभित्र रहेको सङ्गमचोकदेखि भानुचोकसम्मको ५०० मिटर, बनियानी र सकुनाढिकीमा ५०० मिटर गरी एक किलोमिटर क्षेत्र मात्र निर्माण गर्न बाँकी रहेको बताए। उनले सडक निर्माण रोक्नुपर्ने कारण देखाउन आग्रह गर्दै निर्माण व्यवसायीलाई पटक–पटक पत्राचार गर्दासमेत लिखित कारण देखाउन नसक्ने र तत्काल बनाउँछौं भन्दै मौखिक जवाफ मात्र दिने गरेको बताए।

सो सडक निर्माणका लागि कार्यालयबाट चारआलीदेखि देउनिया खोलासम्मका लागि ४१ करोड ६५ लाख र देउनिया खोलादेखि कचनकवलसम्मका लागि ४२ करोड ५६ लाख रुपैयाँ ठेक्का सम्झौता रकम रहेको खतिवडाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved