काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ वर्षअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको स्थानान्तर गर्न मिल्ने आकाशे पुलको उद्घाटन गरेका छन्।
बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन्। उनले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए।
उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी आएको बताए।महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही आवश्यक ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको उनको भनाइ थियो।
मेयर शाक्यले माईतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने बताए।

Facebook Comment
Comment