काठमाडौं । सरकारले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमझ सिफारिस गरेको छ।
मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा भोलि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगबारे छलफल गर्ने कार्यक्रम थियो। सरकारले एमालेले लागातार संसद् बैठक अवरुद्ध गरिरहेका कारण संसद् अधिवेशन अत्यका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
आसन्न स्थानीय निर्वाचनमा दलहरू केन्द्रित भएकाले पनि संसद अन्त्य गर्न सिफारिस गरिएको उनले बताए।
प्रतिनिधिसभामा बुधबार प्रधानन्यायाधीशमाथिको महाभियोगमाथि छलफल गर्ने कार्ययोजना थियो। प्रतिनिधिसभाले ११ सदस्यीय समिति बनाएर जबराविरुद्ध महाअभियोग बढाउन लागेका थिए। महाभियोगमाथिको छलफलको एक दिनअघि सरकारले संसद् अन्त्यको सिफारिस गर्दा अब उक्त महाभियोग अलपत्र पर्ने देखिएको हो।
Facebook Comment
Comment