नेपाल–साउदी अरेबियाबीच जेनरल कोअपरेशन एग्रिमेन्टमा हस्ताक्षर

नेपालभ्युज

नेपाल–साउदी अरेबियाबीच जेनरल कोअपरेशन एग्रिमेन्टमा हस्ताक्षर

काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका परराष्ट्रमन्त्री एवं राजकुमार फैजल बिन फरहान बिन साउद र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा सहमति भएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच दुई देशका परराष्ट्रमन्त्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

त्यस्तै दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर हुनुका साथै दुईपक्षीय चासोका अन्य विषयमा सम्झौता भएको जनाइएको छ।

सम्झौताअघि भएको दुई देशका परराष्ट्रमन्त्रीबीचको भेटवार्तामा आर्थिक साझेदारीका क्षेत्र पहिचान गर्ने तथा साउदीमा रहेका नेपाली कामदारको समस्याका विषयमा छलफल भएको थियो। नेपाल भ्रमणमा आएका साउदीका १८ प्रतिनिधिमण्डल छलफलमा सहभागी थिए।

नेपाल–साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको चार दशकभन्दा बढी समयभए पनि साउदीबाट नेपाल भ्रमण आउने परराष्ट्रमन्त्री फैजल नै उच्च तहका व्यक्ति हुन्।

परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरे लगत्तै साउदी परराष्ट्रमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। यस्तै आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि अपरान्ह बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved