एजेन्सी । अमेरिकाले रूसलाई विश्व अर्थतन्त्रबाट एक्ल्याउनका लागि नयाँ कानुन बनाउने तयारी गरेको छ। अमेरिकाको तल्लो सदन (हाउस) की प्रवक्ता न्यान्सी पेलोसीले रूसलाई थप एक्ल्याउने मनसायले कडा कानुन तयार गर्नेबारे छलफल चलिरहेको बताइन्।
नयाँ मापदण्डअनुसार रूस र उसको सहयोगी बेलारूसको तेल र उर्जा उत्पादनहरूमा प्रतिबन्ध लाग्नेछ। बेलारूसले युक्रेनमा आक्रमण गर्नका लागि रूसलाई आफ्नो भूमी उपलब्ध गराइरहेको छ।
रूसलाई विश्व व्यापार संगठनको पहुँचबाट टाढा राख्नका लागि प्रारम्भिक कदम चाल्ने र रूसबाट आउने सामाग्रीमा कर बढाउने अधिकार सरकारलाई दिने विषयमा पनि सदनमा छलफल चलिरहेको छ। आइतबार पेलोसीले अन्य सांसद्हरुसँग यो योजना सुनाएकी हुन्।
दुई दिनअघि मात्रै रूसी राष्ट्रपति पुटिनले पश्चिमा शक्तिले लगाएको प्रतिबन्ध युद्धको घोषणा सरह नै रहेको बताएका थिए। ‘‘तर मस्कोसँग सम्बन्ध बिगार्दा के हुनसक्छ भन्ने कुरा पश्चिमालाई राम्रोसँग थाहा होला,’’ पुटिनले धम्कीपूर्वक भनेका थिए।
Facebook Comment
Comment