युक्रेनमाथि रुसको आक्रमण रोकिएन, देश छोडेर भाग्ने पुलमा समेत आक्रमण

लगातार १३ दिन यता जारी युक्रेनमाथि रुसको आक्रमण अझै रोकिएको छैन। युक्रेनमा अस्थायी युद्ध विरामको घोषणा गरिए पनि युद्ध रोकिएको छैन।

नेपालभ्युज

युक्रेनमाथि रुसको आक्रमण रोकिएन, देश छोडेर भाग्ने पुलमा समेत आक्रमण

काठमाडौं। लगातार १३ दिन यता जारी युक्रेनमाथि रुसको आक्रमण अझै रोकिएको छैन। युक्रेनमा अस्थायी युद्ध विरामको घोषणा गरिए पनि युद्ध रोकिएको छैन। रुसले बमबारी गरेपछि डराएकाहरू देश छोडेर भाग्न थालेका छन्। तर, उनीहरूले भाग्नका लागि प्रयोग गर्ने पुलमा रुसले बम खसालेको छ।
युक्रेनी सेनाले उनीहरूलाई सुरक्षित ठाउँमा पुर्‍याउन सहयोग गरिरहेका बीबीसीले जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले किएभको दक्षिण पश्चिम सहरमा रहेको विमानस्थल पुरै ध्वस्त भएको बताएका छन्। उनले नागरिकलाई बचाउनु विश्वका नेताहरूको मानवीय दायित्वसमेत भएको बताएका छन्। तर, नेटो देशले अहिलेसम्म युक्रेनमा नो फ्लाइ जोन घोषणा गरेको छैन। यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved