निर्वाचन आयोगले गर्‍यो सामग्री छपाइका लागि टेन्डर आह्वान

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने छपाइ सामग्रीका लागि फर्मकम्पनी दर्ता आह्वान गरेको छ।

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने छपाइ सामग्रीका लागि फर्मकम्पनी दर्ता आह्वान गरेको छ।

आयोगले ऐन, नियम, निर्देशिका, अनुसूची फारामहरू, विभिन्न किसिमका कार्डहरू, परिचय पत्र र मतदाता शिक्षासँग सम्बन्धित छपाइ कार्यका लागि कम्पनी दर्ता गर्न आह्वान गरेको हो।

निवेदकले फर्मकम्पनी दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०७७÷०७८ सम्मको कर चुक्ता प्रमाणपत्रसहित निवेदन दिन आयोगको आग्रह छ। दर्ताका लागि विगत तीन वर्षको औसत वार्षिक कारोबार रकम ३ करोड ५० लाख वा सोभन्दा बढी भएको हुनुपर्ने आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved