रुसी सैनिकले कब्जा गरेको खेर्सनमा रुस विरोधी प्रदर्शन

नेपालभ्युज

रुसी सैनिकले कब्जा गरेको खेर्सनमा रुस विरोधी प्रदर्शन

काठमाडौं। रुसले कब्जा गरेको युक्रेनको शहर खेर्सनमा स्थानीय बासिन्दाले रुसविरुद्ध विरोध प्रदर्शन गरेका छन्। हजारौँ प्रदर्शनकारीले तटीय शहर खेर्सनमा रुसले गरेको कब्जाविरुद्ध प्रदर्शन गरेका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार खेर्सन जारी युद्धमा रुसले कब्जा गरेको अहिलेसम्मकै ठूलो युक्रेनी शहर हो। करिब दुई हजार स्थानीय बासिन्दाले शहरमा प्रदर्शन गरेको हुन्। उनीहरूले युक्रेनी झन्डा फराउँदै राष्ट्रिय गान गाएर प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘रसियन गो होम’, खेर्सन इज युक्रेन’ सहितका नारा लगाएका छन्। डिनिएपर नदी र ब्ल्याक सी को प्रमुख तटीय शहर खेर्सन यो हप्ताको सुरुमा रुसी सैनिकको कब्जामा गएको थियो।

सामाजिक सञ्जालमा साझा गरिएको प्रदर्शनको भिडियोमा रुसी सैनिकहरूले स्थानीय बासिन्दाहरूलाई तितरबितर पार्नका लागि हावामा गोली चलाएको देखिन्छ। स्थानीय बासिन्दाले फ्रिडम स्क्वायर र इन्डिपेन्डेन्ट स्क्वायर हुँदै प्रदर्शन गरेको बताएका उल्लेख छ।
खेर्सनमा अझै पनि युद्ध जारी छ। युक्रेनी सैनिकले शहर पुनः आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको दाबी छ। युक्रेनमा रुसले आक्रमण गरेको १२ औँ दिन लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved