पाकिस्तानमा आत्मघाति बम बिस्फोट, ३० जनाको मृत्यु

नेपालभ्युज

पाकिस्तानमा आत्मघाति बम बिस्फोट, ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पेशावर शहरमा भएको बम विस्फोटमा कम्तिमा ३० जानाको मृत्यु भएको छ।  शुक्रबारको नवाज पढ्न गएका मानिस मस्जिदनजिकै भएको आत्मघाती बम विस्फोटमा मारिएको उद्धार कार्यमा सक्रिय प्रहरी र स्वास्थ्यकर्मीले जनाएका छन्।

बम विस्फोट भएको स्थानमा प्रहरी र उद्दारकर्ता पुगेका छन् भने घाइते व्यक्तिलाई लेडि रिडिङ अस्पताल (एसआरएच) मा भर्ना गरिएको छ।
एसआरएचका प्रवक्ताले  ३० जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने घाइते भएका मानिसको शरीरको माथिल्लो भागमा चोट लागेको बताएका छन्।

सञ्चारमाध्यमा दिइएको प्रतिक्रियामा उक्त स्थानका मुख्यमन्त्रीका सल्लाहकार अधिवक्ता मोहमद अली सर्फले शुक्रबारको नवाज पढ्न जाने मानिस लक्षित आक्रमण भएको बताएका छन्। आतंककारी पहिला मस्जिदभित्र प्रवेश गर्न खोज्दा प्रहरीसँग दोहोरो भिडन्त भएको सर्फले बताए।

उनले आतंकवादी मस्जिदमा प्रवेश गर्न सफल भएपछि त्यहाँ आक्रमण भएको बताएका छन्। पेशावरमा प्रहरी निरीक्षक हरुन अल–रसिदले हमला आत्मघाति रहेको पुष्टि गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved