एजेन्सी । रूसी सेनाले युक्रेनको जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक प्लान्ट कब्जामा लिएको छ। युक्रेनको स्टेट न्यूक्लियर रेगुलेटोरी इन्स्पेक्टोरेटले अनलाइनमा जारी गरेको विज्ञप्तिमा रूसी सेनाले कब्जामा लिएको स्पष्ट पारेको हो।
आणविक केन्द्रमा ६ वटा प्लान्ट छन्। क्षतिबारे विवरण सङ्कलन भैरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त प्लान्टमा मिसाइल आक्रमण भएको थियो।
रुसी सेनाले सो भट्टीसहित पाँचतले भवनमा आक्रमण गरेपछि आगो लागेको बताएको थियो। युरोपको ठूलो आणविक प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको जनाएको छ। प्लान्ट लागेको आगो निभाउन ४० जना उद्धारकर्मी र १० वटा यातायातका साधन प्रयोग गरिएको थियो।
आक्रमणमा प्लान्टको मुख्य केन्द्रमा कुनै पनि क्षति नपुगेको र सुरक्षित रूपमा प्लान्ट बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Facebook Comment
Comment