फेरि ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

फेरि ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले बढेर ९९ हजार ९०० पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० तोकिएको छ। यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५०० रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३८० कायम रहेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३५ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved