सन्दीप लामिछानेलाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी

नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय सिरिज खेल्ने टोलीको घोषणा गरेको छ।

नेपालभ्युज

सन्दीप लामिछानेलाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी
फाइल तश्वीर

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजका लागि टोली घोषणा भएको हो।
यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार टोली घोषणा गरेको हो। सन्दीप कप्तानीको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पुनरागमन गरेका छन्। क्यानले छनोट समिति र प्रशिक्षक पुबुदु दसानायकेले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो।

नेपालले युएई जानुअघि श्रीलङ्कामा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ। श्रीलङ्कामा नेपालले चार वटा अभ्यास खेल खेल्न लागेको हो। नेपाली टोली शनिबार श्रीलङ्का जाने क्यानले जनाएको छ। विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म युएई र पीएनजीसँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved