शिवरात्रिमा झन्डै १५ लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन

पर्सिसम्म साधुसन्तको बिदाइ गर्ने तयारी

शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको पर्सी बिहानसम्म हुनेछ। उनीहरूको बिदाइ गर्ने  तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

नेपालभ्युज

शिवरात्रिमा झन्डै १५ लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन

काठमाडौं। मंगलबार शिवरात्रिको दिन झन्डै १५ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका अनुमान गरिएको छ। बिहान तीन बजेदेखि राति अबेरसम्म लागेको पशुपतिको भीडमा झन्डै १५ लाख सहभागी भएको अनुमान छ।

महाशिवरात्रि मेलामा संकलन भएको भेटी गणना लगायतका व्यवस्थापकीय काम दिउँसो १२ बजेपछि शुरु हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यस्तै, पशुपति क्षेत्रमा आज (बुधबार) बिहानैदेखि सरसफाइको काम शुुरु भएको कोषका सदस्य एवम् मेला व्यवस्थापन समितिका संयोजक पूर्ण संगम जेठाराले जानकारी दिए।

शिवरात्रिका लागि राखिएका सरसजावटका सामग्री व्यवस्थापन तथा सरसफाईको काम शुरु गरिएको उनले बताए। पशुपति क्षेत्रमा फूल–माला तथा बत्तीले सजाइएको छ।

यस्तै, स्वागतद्वार लगायत अरू अस्थायी संचरनाहरु पनि बनाइएका छन्। यो वर्ष शिवरात्रिको अवसरमा पशुपति क्षेत्र निकै झकिझकाउ बनाइएको थियो।

यसैबीच, शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको पर्सी बिहानसम्म हुनेछ। उनीहरूको बिदाइ गर्ने  तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसवर्ष पशुपतिमा झन्डै ११ हजार साधु सन्त आएका कोषको दाबी छ। झन्डै ५० हजार साधुसन्त आउने अनुमान गरिएकोमा कोरोना महामारीका कारण सङ्ख्या घटेको हुनसक्ने कोषले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved