सिफलमा भएको रक्तदान कार्यक्रममा ६० जनाले दिए रगत

शिवरात्रिको अवसर पारेर काठमाडौंको नवजीवन युवा क्लब र वातावरणमैत्री समाजले संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका छन्।

नेपालभ्युज

सिफलमा भएको रक्तदान कार्यक्रममा ६० जनाले दिए रगत

काठमाडौं। शिवरात्रिको अवसर पारेर काठमाडौंको नवजीवन युवा क्लब र वातावरणमैत्री समाजले संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका छन्। सिफलमा मंगलबार राखिएको कार्यक्रममा ६० जनाले रगत दिएका गरेका क्लबका अध्यक्ष प्रतीक श्रेष्ठले जानकारी दिए। आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने योजना उनले सुनाए।

वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले कोरोना महामारीको असरले अस्पतालहरूमा रगत अभाव भएकाले संकलित रगतबाट बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा पुगेका नेकपा एमाले नेता राजन भट्टराईले सेवामुखी काममा युवाहरूको सक्रियताको प्रशंसा गरे। “अस्पतालमा कतिपय बिरामी रगत नपाएर तड्पिरहेका बेला तपाईँहरूले सङ्कलन गरेको रगतले उनीहरूको ज्यान बचाउन सक्छ। आगामी दिनमा पनि परोपकारका यस्ता कामलाई निरन्तरता दिनुहोला’’, भट्टराईले भने।

समाजका अध्यक्ष मिश्रले यो आफूहरूको पाँचौँ रक्तदान कार्यक्रम भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved