एजेन्सी । चेल्सीका प्रशिक्षक थोमस टुचेलले युक्रेनमा रुसले शुरू गरेको युद्धका कारण आफ्नो क्लब विरोधी भावनामा फैलनसक्ने बताएका छन्। त्यसका लागि आफू तयार रहेको पनि उनले बताएका छन्।
चेल्सीले काराबाओ कपको फाइनलमा आइतबार विम्बली रंगशालामा लिभरपुलको सामना गर्दैछ।
चेल्सीका मालिक रोम अब्रामोभिक रुसी हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकट रहेको भन्दै उनको आलोचना हुने गरेको छ। ‘केही हदसम्म हाम्रो क्लबमाथिको आलोचनात्मक विचारलाई म बुझ्ने गर्छु,’ टुचेलले भने,‘यस क्लबको प्रतिनिधित्व गर्ने हामी पनि आलोचित हुनसक्छौं। यसबाट हामीले आफूलाई पूर्ण मुक्त गर्न सक्दैनाँै भन्ने पनि हामीलाई थाहा छ।’
उनले युक्रेनको परिस्थतीले चेल्सीका सबैलाई मानसिक असर गरेको पनि बताए। ‘म, मेरा कर्मचारी र यहाँ रहेका सबैको अवस्था भयावह छ,’ उनले भने।
उनले रुस–युक्रेन युद्धले युरोपलाई समस्यामा पार्ने बताए।
Facebook Comment
Comment