युक्रेनमा रहेका भारतीय विद्यार्थीलाई यक्रेनस्थित भारतीय दूतावासले छिमेकी मुलुकमा सार्ने भएको छ।
दूतावासले आज एक सूचना निकालेर आज दिउँसो करिब ४ सय ७० भन्दा बढी विद्यार्थी यक्रेनबाट बाहिरिने जनाएको छ। उनीहरूलाई पोरुबने-सिरेट बोर्ड हुँदै रोमानिया प्रवेश गराइने जनाइएको छ।
सीमामा रहेका र भित्री भूभागबाट गएका भारतीयहरूलाई स्थानान्तरण गर्ने प्रयास दूतावासले जारी राखेको जनाइएको छ। युक्रेन सरकार र सम्बन्धित कलेज र विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशन पालना गर्नसमेत दूतावासले आग्रह गरेको छ।
युक्रेनमा रूसले युद्ध छेडेपछि अहिले त्यहाँ रहेका बाहिरी देशका विद्यार्थी तथा नागरिक त्रासमा बाँचिरहेका छन्। युक्रेनमा भीडन्त जारी छ। यस्तोमा कैयौंको ज्यान गइसकेको छ।
रुसले बिहीबार युक्रेनविरुद्ध सैन्य कारबाही शुरु गरेपछि, लगभग २० हजार भारतीय विद्यार्थीका अभिभावकहरू द्वन्द्व क्षेत्रमा फसेका छन्। उनीहरूलाई सम्पर्कमा रहन पनि भारतीय विदेश मन्त्रालय अनुरोध गरिरहेको छ।
Facebook Comment
Comment