युक्रेन-रुस तनाव: अहिलेसम्म के के भयो ?

सर्वसाधारणहरूले आत्मरक्षाका लागि बन्दुकलगायत अन्य हतियार किनिरहेका छन्। राजधानीका हतियार पसलहरूमा बन्दुक र अन्य हतियार लगभग सकिएको छ।

नेपालभ्युज

युक्रेन-रुस तनाव: अहिलेसम्म के के भयो ?

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै रुसले राजधानी किभमा आक्रमण गर्नसक्ने भएकाले तयार रहन जनतालाई आग्रह गरेका छन्।

सर्वसाधारणहरूले आत्मरक्षाका लागि बन्दुकलगायत अन्य हतियार किनिरहेका छन्। राजधानीका हतियार पसलहरूमा बन्दुक र अन्य हतियार लगभग सकिएको छ।

पूर्वी युक्रेनका मानिसहरूले यसबारे चिन्ता व्यक्त गरेका छन्। उनले पश्चिमा राष्ट्रले थप सहयोग गर्नुपर्ने बताएका छन्। राजधानी किभमा मानिसहरू मेट्रो स्टेशन र सडकमै रात बिताइरहेका छन्।

हजारौं युक्रेनीहरू युद्धबाट भागिरहेका छन् र रूसी सेनाबाट बच्नका लागि छिमेकी देशहरू पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाकियातर्फ भागिरहेका छन्। यस्तो बेला नाटोले रुसविरुद्ध बलियो प्रतिरोध र सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक परिनियोजन गर्ने बताएको छ।

नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले ब्रसेल्समा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रुसले युरोपको शान्तिमा खलल पुर्‍याएको बताए। उनले नाटोका सहयोगीहरूले आफ्नो उद्धार योजना सुरु गरेको बताए। यसअन्तर्गत हामीले भूमि, समुद्री र हवाई क्षेत्रमा नाटो सेना तैनाथ गरिरहेका छौं। अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले हाम्रो स्थिति बलियो बनाउन र कुनै पनि आपतकालिन प्रतिक्रिया दिन गठबन्धनको पूर्वी भागमा हजारौं थप सेना तैनाथ गरेका छन्।

रुसले युक्रेनमाथि आक्रमण घोषणा गरेको आज तेस्रो दिन हो। रुसी सेनाले युक्रेनका धेरै क्षेत्रमा आक्रमण गरी सैन्य अखडा ध्वस्त पारेको छ। योसँगै युक्रेनले देशको रक्षाका लागि आम नागरिकको हातमा हतियार पनि दिएको छ। तर, अब युक्रेन र रुसबीच वार्ता हुने संकेत देखिएको छ। आजसम्म भएका घटनाहरू :

  • शुक्रबार युक्रेनका धेरै ठाउँमा रुसले आक्रमण गर्‍यो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राजधानी कीभमा रुसी सेना प्रवेश गरेकाले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रतिकारका लागि तयार रहन सचेत गराए।
  • अमेरिका, बेलायत र युरोपेली संघले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। बेलायतले रुसी राष्ट्रिय एयरलाइन्स एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ। बदलामा रुसले पनि बेलायती विमानलाई रुसी हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो।
  • ताइवानले पनि रुसी आक्रमणको निन्दा गरेको छ। रुसमाथि लगाइएका प्रतिबन्धका सम्बन्धमा अमेरिका, युरोपेली युनियन र अन्य समान विचारधारा भएका देशको साथमा रहेको ताइवानले जनाएको छ।
  • युक्रेनमा सैन्य कारबाहीकाबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार इरानका राष्ट्रपति सय्यद इब्राहिम रैसी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआन लगातका राष्ट्राध्यक्षसँऊ कुराकानी गरेका छन्। बिहीबार रुसले युक्रेनमाथि गरेको आक्रमणको पहिलो दिन थियो।
  • अफगानिस्तानको सत्तारुढ तालिबानले युक्रेनको अवस्थाबारे एक विज्ञप्ति जारी गरेको छ। अफगानिस्तानले युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सर्वसाधारणको ज्यान जाने सम्भावित क्षतिप्रति चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ।
  • युक्रेनमा काउन्टर इन्टेलिजेन्सको स्रोतले युक्रेनस्का प्राभदा वेबसाइटलाई रुसले राजधानी किभ र सम्पूर्ण देशलाई नियन्त्रण गर्ने योजना बनाएको बताएको छ।
  • रुसले किभको बढी जनसंख्या भएको क्षेत्र पोज्नियाक क्षेत्रमा हवाइ आक्रमण गरेको थियो। यहाँ करीब आठ जना घाइते भएका छन्।
  • रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा भएको सैन्य कारवाही युक्रेनी जनतालाई दमनबाट मुक्त गराउने उद्देश्यले युक्रेनी जनताले आफ्नो भविष्य निर्धारण गर्न सक्ने बताएका छन्।
  • युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली नेताहरूले रुसविरुद्ध अपर्याप्त कदम चालेको आरोप लगाएका छन्। जेलेन्स्की भन्छन् कि यदि युरोपेली नेताहरूले छिट्टै काम गरे, रुसी आक्रमण रोक्न अझै ढिलो भएको छैन।
  • तर, पछि रुस र युक्रेन वार्ता गर्न सहमत भए। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको बताएका छन्। तर यी वार्ताहरू युक्रेनलाई तटस्थ स्थिति घोषणा गर्नुका साथै सेना घटाउने विषयमा हुनेछन्।
  • युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रवक्ताले युक्रेन रसियासँग युद्धविराम र तत्काल शान्ति वार्ता गर्न तयार रहेको बताएका छन्।
  • हिजो राति युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक भिडियो जारी गर्दै रुसले आगामी घण्टामा कीभमा आक्रमण गर्ने चेतावनी दिएका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved