विराटनगर । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरुको संगठनात्मक संरचना एवं दरबन्दी स्वीकृत गरेको छ।
त्यस्तै, प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको छ। सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन्।
बैठकले प्रदेश कृषि अनुदान नियमावली स्वीकृत पनि गरेको छ। नियमावली स्वीकृत भएसँगै कृषि मन्त्रालयसँग सम्बन्धित प्रदेश सरकारले दिँदै आएको अनुदानलाई प्रभावकारी र पारदर्शी बनाउन सहयोग पुग्ने यादवले बताए।
प्रदेश सरकारले प्रदेश सञ्चार व्यवस्थापन गर्नका लागि बनेको विधेयक निर्माणका लागि यातायात तथा संचारमन्त्रालयलाई सैद्धान्तिक सहमति पनि दिएको छ।
Facebook Comment
Comment