युक्रेनको राजधानीमा आज पनि लगातार विस्फोट

युक्रेनको राजधानी किभमा आज पनि रुसले बिहानैदेखि निरन्तर बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ। बिहानैदेखि निरन्तर विस्फोट भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

नेपालभ्युज

युक्रेनको राजधानीमा आज पनि लगातार विस्फोट

काठमाडौं। युक्रेनको राजधानी किभमा आज पनि रुसले बिहानैदेखि निरन्तर बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ। बिहानैदेखि निरन्तर विस्फोट भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

युक्रेनमा बिहीबारमात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो । त्यहाँका डोनेट्स्क र लुहान्सक दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरेपछि विवाद बढेको हो। विवादपछि आ पनि राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका हुन्। सीएनएनका अनुसार बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ ।

युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन्। त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved