स्थानीय तह निर्वाचनका लागि आयोगमा २९ दल दर्ता

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जानकारी दिए। यस अघि दशवटा राजनीतिक दलले निवेदन दिएका थिए। यसरी निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरूको सङ्ख्या २९ पुगेको हो।
आयोगमा बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित १९ राजनीतिक दलहरूले आयोगमा निवेदन दिएका हुन्।
आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १६ गनेभित्र दर्ता गरिसक्न आह्वान गरेको थियो।
त्यस्तै, आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपियाँ बजेट माग गर्ने निर्णय गरेको पनि सहायक प्रवक्ता अर्यालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved