एएफसी एशिययन कप २०२३ छनोटः नेपाल कठिन समूहमा

नेपालभ्युज

एएफसी एशिययन कप २०२३ छनोटः नेपाल कठिन समूहमा

काठमाडौं। नेपालले एएफसी एशियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

चीनमा आयोजना हुने एएफसी एशियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन्। तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एशियन कपमा स्थान बनाउनेछन्।

नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेशियाको सामना गर्नेछ। नेपालले कतार विश्वकप २०२२ को एशियाली छनोटमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो।

नेपालले सबै खेल सेन्ट्रल भेन्युको रूपमा रहेको कुवेतमा खेल्नेछ। त्यस्तै समूह ‘बी’ मा मंगोलियासहित यमन र फिलिपिन्स, प्यालेस्टाइन छन् भने समूह ‘सी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र थाइल्यान्ड, समूह ‘डी’ मा भारत, कम्बोडिया, अफगानिस्तान र हङकङ, समूह ‘ई’ मा मलेसिया बंगलादेश, तुर्केमिनिस्तान र बहराइन तथा समूह ‘एफ’ मा किर्गिस्तान, सिंगापुर, म्यानमार र ताजिकिस्तान छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved