चीनको सुरक्षामा ध्यान दिन ओली र नेपाललाई चिनियाँ नेताको आग्रह

माधव नेपालसँग पनि चिनियाँ नेताको वार्ता

नेपालभ्युज

चीनको सुरक्षामा ध्यान दिन ओली र नेपाललाई चिनियाँ नेताको आग्रह

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भर्चुअल वार्ता भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री चेन चाओले नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधव नेपालसँग पनि आजै कुराकानी गरेका थिए। नेपालमा एमसीसी बहस उच्चविन्दुमा पुगेका बेला चिनियाँ नेताहरूको यो वार्तालाई अर्थपूर्ण मानिएको छ।

वार्ताका क्रममा नेपाली भूमिबाट चीनलाई सुरक्षा खतरा बढ्न सक्ने बताउँदै चिनियाँ पक्षले नेपाललाई चीनको सुरक्षा चुनौतीका विषयमा ध्यान दिन आग्रह गरेको स्रोतले बताएको छ।

आजै धनगढीमा अध्यक्ष नेपालले सरकारबाट बाहिरिने संकेत गरिसकेका छन्। नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले पनि एमसीसी पास भए सडकमा आगो बाल्ने चेतावनी दिएका थिए।

आजै साँझ ओलीले पालैपालो प्रधानमन्त्री शेरबहादुर दे‍उवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved