विश्वभर कोरोनाको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै

वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन्।

नेपालभ्युज

विश्वभर कोरोनाको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै

काठमाडौं। विश्वभर कोरोना भाइरसको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन्।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४२ करोड ९७ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३५ करोड ८२ लाख निको भएका छन्। कोरोनाले अहिलेसम्म विश्वभर ५९ लाख ३५ हजारको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ।
२४ घण्टामा मात्रै ९ हजार ९ सय २५ जनाको मृत्यु भएको छ। अझै पनि विश्वभर ६ करोड ५५ लाख सक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved