ब्राउन सुगरसहित पक्राउ परेका लाउरे ५० हजार धरौटीमा छुटे

नेपालभ्युज

ब्राउन सुगरसहित पक्राउ परेका लाउरे ५० हजार धरौटीमा छुटे

पोखरा । युवापुस्तामाझ चर्चित र्‍यापर अनिश राना (लाउरे)  ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि उनी मंगलबार रिहा भएका हुन्। उनी पुस १४ गते पक्राउ परेका थिए। उनले प्रहरी हिरासतमा ३६ दिन बिताए।

लाहुरेसँगै पक्राउ परेका अरु ३ जना भने पुर्पक्षका लागि जेल चलान भएका छन्। ध्रुव थापा, नवीन गुरुङ र सुस्मिता गुरुङलाई थप अनुसन्धानका लागि थुन्ने आदेश अदालतले गरेको अदालतका सूचना अधिकारी नील पनेरुले जानकारी दिए।

लाउरेसहित ४ जनालाई कास्की प्रहरीले न्युरोडबाट पुस १४ गते पक्रेको थियो। प्रहरीले करिब १३ ग्राम ब्राउन सुगरसहित लाउरे र अरु ३ जनालाई पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved