यसपटक नेपाल विश्वकपबाहिरै, यूएईसँग पराजित

नेपालभ्युज

यसपटक नेपाल विश्वकपबाहिरै, यूएईसँग पराजित

काठमाडौं । छनोटको निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपालले टी२० विश्वकप २०२२ खेल्न नपाउने भएको छ। नेपाललाई यूएईले ६८ रनले हराएको हो।

टस हारेर पहिले फिल्डिङ गरेको नेपालसामु यूएईले खेल जित्न १ सय ७६ रनको चुनौती पेश गरेको थियो। तर खराब ब्याटिङ गरेको नेपाल अन्तिम ८ बल खेल्नुअघि नै १ सय ७ रनमा अलआउट भयो।

सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालबाट दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। दीपेन्द्रले सर्वाधिक ३८ र ज्ञानेन्द्रले २० रन जोडे।

नेपालसँगको जीतसँगै यूएई विश्वकपका लागि छनोट भएको छ। अर्को सेमिफाइनल खेलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्यान्ड पनि विश्वकपमा छनोट भएको छ। यूएई र आयरल्यान्डबीच अब फाइनलमा प्रतिस्पर्धा हुनेछ।

नेपालले अहिलेसम्म एकपटकमात्रै विश्वकप खेलेको छ। सन् २०१४ को टी२० विश्वकपमा नेपाल छनोट भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved