काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतका सबै प्रदेश कमिटीको अधिवेशन २१ फागुनसम्म सम्पन्न हुने भएको छ। २३ माघमा महाधिवेशन आयोजक कमिटीमा परिणत भएको नेकोस केन्द्रले ७ फागुनमा काठमाडौंमा उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न गरेको थियो।
१४ फागुनमा बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटौंडामा, १६ फागुनमा सुदुरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा, १८ फागुनमा गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा, १८ फागुनमा लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको बुटवल तथा गण्डकी प्रदेशको अधिवेशन कास्कीको पोखरामा, २० फागुनमा मधेश प्रदेशको अधिवेशन धनुषाको महेन्द्रनगरमा र २१ फागुनमा प्रदेश १ को अधिवेशन झापाको सुखानीमा गरिने नेकोसले जनाएको छ।
सबै प्रदेशका अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, सहसचिव दुई तथा कोषाध्यक्ष एकसहित ७५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुनेछन्। सबै प्रदेश कमिटीका अधिवेशन सकिएपछि २८ फागुनमा महासंघ सम्बद्ध खेल संघहरुको संयुक्त भेला काठमाडौमा आयोजना गरिने नेकोसका प्रचार विभाग प्रमुख एवंम् प्रवक्ता उमेश केसीले जानकारी दिए।
Facebook Comment
Comment