रुसमाथि प्रतिबन्ध लगाउने अमेरिका र युरोपेली युनियनको तयारी

नेपालभ्युज

रुसमाथि प्रतिबन्ध लगाउने अमेरिका र युरोपेली युनियनको तयारी

एजेन्सी । युक्रेनबाट टुक्रिएका दुई पूर्वी भूभागलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने रुस सरकारको निर्णयको जवाफमा पश्चिमा मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाउने भएका छन्।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनगणतन्त्र डोनेट्स्क र जनगणतन्त्र लुहान्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिने घोषणा गरेका थिए। यी भूभागमा रुसी भाषा बोल्ने जनताको बाहुल्यता छ।

यी देशहरूको सहायताका लागि भन्दै रुसी सैनिकसमेत तैनाथ गरेका छन्। जवाफमा अमेरिका, युरोपेली यूनियन र बेलायतले रुसमाथि विभिन्न खाले प्रतिबन्ध लगाउने तयारी गरिसकेको र यसको घोषणा मंगलबार हुने अपेक्षा गरिएको अलजजिरामा प्रकाशित समाचारमा उल्लेख छ।

रुसी विदेशमनत्री सर्जेई लाभरोभले भने नाकाबन्दीसँग रुस अभ्यस्त भइसकेको भन्दै यस्तो धम्कीले केही नहुने प्रतिक्रिया दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved