एकै दिन ८ लाखले लगाए कोरोना विरुद्धको खोप

नेपालमा एकै दिन आठ लाख ७३ हजार ४३८ मात्रा खोप लगाइएको छ।

नेपालभ्युज

एकै दिन ८ लाखले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं। नेपालमा एकै दिन आठ लाख ७३ हजार ४३८ मात्रा खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लक्षित समूहअनुसार १८ वर्षभन्दा माथिका ८१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने पहिलो मात्रा लगाउने ९० दशमलव ८ प्रतिशत पुगेको छ।

हालसम्म १८ वर्षमाथिका एक करोड ८० लाख ८५ हजार ५३९ जनाले पहिलो मात्रा खोप लगाएका छन्। यस्तै, १८ वर्षमाथि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ६१ लख ३७ हजार ९३० जनाले पूर्ण मात्रा लगाएका छन्।

यसै गरी, मन्त्रालयका अनुसार १८ वर्षमुनिका बालबालिकामा ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । पहिलो मात्रा लगाउने ८८ प्रतिशत पुगेका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप नेपालमा आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved