काठमाडौं । मित्रराष्ट्र लेबनानको लिसेन्डमा आयोजना हुने ३० औं एशियन अल्पाईन स्की च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली स्की टिमलाई सोमबार एक कार्यक्रमविच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद् जीवन राम श्रेष्ठले बिदाई गरे।
च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीमा एक प्रशिक्षकसहित ४ खेलाडी रहेका छन्। खेलाडीहरुमा सफलराम श्रेष्ठ, साहस राम श्रेष्ठ, संगीता लमा र देबोरा तिमल्सिना रहेका छन्। त्यस्तै प्रशिक्षकमा प्रविण कर्माचार्य रहेका छन्।
नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। च्याम्पियनसिप फागुण १० देखि १६ गते सम्म आयोजना हुने छ।
नेपाली टिमलाई शुभकामना ब्यक्त गर्दै संघका अध्यक्ष समेत रहेका सांसद् श्रेष्ठले सबैभन्दा उत्कृष्ट र अनुभवी खेलाडीहरु रहेकोले च्याम्पियनसिपमा राम्रो नतिजा प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताए।
हालै मुस्ताङ्गमा आयोजना भएको चौथौ स्की प्रतियोगिताबाट खेलाडीहरु चयन गरिएको हो।
Facebook Comment
Comment