काठमाडौं। पाकिस्तान दूतावासले नेपाल–पाकिस्तान मैत्रिपूर्ण टी–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ। प्रतियोगिताको सातौँ संस्करण यो वर्षको आगामी मार्च २ देखि १० तारिखसम्म काठमाडौंमा आयोजना हुने दूतावासले सोमबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
विषेशगरी नेपाली युवा क्रिकेट खेलाडीको प्रोत्साहनको लागि पाकिस्तानी दूतावासले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदुत सैद हैदार साहले भविष्यमा नेपालको क्रिकेट पनि अन्य दक्षिण एसियाली टेष्ट राष्ट्रको स्तरमा पुग्ने आसा व्यक्त गरेका छन्।
यो वर्षको प्रतियोगितामा पाकिस्तानी दूतावासको एक टिमसहित नेपालका विभिन्न क्रिकेट क्लब र एकेडेमीका गरि १२ टिमको सहभागिता रहनेछ। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमलाई ३–३ टिमको चार समुहमा बाँडिएको छ। जसमध्ये प्रत्येक समुहका विजेता टिमले मात्र सेमिफाइनल खेल्नेछन्।
Facebook Comment
Comment