वेस्ट इन्डिजसँगको अन्तिम टी–२० क्रिकेट शृङ्खलामा भारतको ’क्लिन स्वीप’

भारतले वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट शृङ्खलामा ’क्लिन स्वीप’ गरेको छ।

नेपालभ्युज

वेस्ट इन्डिजसँगको अन्तिम टी–२० क्रिकेट शृङ्खलामा भारतको ’क्लिन स्वीप’

काठमाडौं। भारतले वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट शृङ्खलामा ’क्लिन स्वीप’ गरेको छ। भारतले वेस्ट इन्डिजलाई १७ रनले हराउँदै शृङ्खला ’क्लिन स्वीप’ गरेको हो ।
१ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन मात्रै बनाउन सक्यो। वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रनको योगदान गरे भने, रोमारियो शेफर्डले २९ र रोभम्यान पावेल २५ बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतका हर्षल पटेलले ३ विकेट लिए भने शार्दुल ठाकुर, भेनकटेश ऐर र दीपक चाहरले २–२ विकेट लिए । त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८४ रन बनायो। भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८ रनले विजयी भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved