एमालेले चैत मसान्तभित्र कोषको आन्तरिक लेखा परीक्षण गर्ने

नेपालभ्युज

एमालेले चैत मसान्तभित्र कोषको आन्तरिक लेखा परीक्षण गर्ने

काठमाडौं। नेकपा एमाले केन्द्रीय लेखा आयोगको दोस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको बैठकले गरेका निर्णय शनिबार सार्वजनिक गर्दै आयोगका अध्यक्ष डा. पुष्प कँडेलले पार्टीभित्रको आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राख्दै आउँदो चैत मसान्तभित्र पार्टीको केन्द्रीय कोषको आन्तरिक लेखा परीक्षण गर्ने निर्णय गरेको जानकारी दिए ।

पार्टीका सबै जनसङ्गठन र मातहतका कमिटीभित्रको आर्थिक गतिविधिलाई आयोगले लेखा परीक्षण गरी पारदर्शी र जबाफदेही बनाउने कँडेलको भनाइ छ ।

प्रदेश तथा जिल्ला कमिटीको आर्थिक वर्ष ०७७÷७८ को लेखा परीक्षण सम्पन्न गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले लेखा परीक्षण नियमावली २०७२ (प्रथम संशोधन २०७८), पार्टीको आर्थिक परिचालन र लेखा व्यवस्थापनका निम्ति केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम २०७८ सँगै लेखा व्यवस्थापन तथा लेखा निर्देशिका २०७८ समेत पारित गरेको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved