ढुगेंअड्डामा दुईवटा प्रेसर कुकर बम भेटिएपछि त्रास, डिस्पोज गरिँदै

चन्द्रागिरि नगरपालिका १५ ढुगेंअड्डामा रहेको कालीका पेट्रोलपम्प नजिकै रहेको बम सुरक्षाकर्मीले मुख्य सडकमा ल्याएर डिस्पोज गर्दैछन्।

नेपालभ्युज

ढुगेंअड्डामा दुईवटा प्रेसर कुकर बम भेटिएपछि त्रास, डिस्पोज गरिँदै

काठमाडौं। एमसीसीविरुद्ध आन्दोलन चर्किँदै जाँदा ढुगेंअड्डामा बम भेटिएपछि त्रास उत्पन्न भएको छ। कलंकीबाट थानकोट जाने बाटो ढुगेंअड्डामा दुईवटा प्रेसर कुकर बम फेला परेको हो। चन्द्रागिरि नगरपालिका १५ ढुगेंअड्डामा रहेको कालीका पेट्रोलपम्प नजिकै रहेको बम सुरक्षाकर्मीले मुख्य सडकमा ल्याएर डिस्पोज गर्दैछन्।

डिस्पोजको क्रममा यदि विस्फोट भएमा क्षति कम होस् भन्ने उद्देश्यले खाली ठाउँ नभएको अवस्थामा सडकको बिचमा ल्याएर डिस्पोज गरिने गरिन्छ।
नेपाली सेना, सशस्त्र प्रहरीको डिस्पोजल टोलीले बम निष्क्रिय गरिरहेको सशस्त्र प्रहरीको डिस्पोजल टोलीका एक सदस्यले नेपाल भ्यूजलाई बताए।

बम कसले राखेको भन्ने थाहा हुन नसकेको जनाइएको छ। बम भेटिएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ। सडकमा ल्याएर बम डिस्पोज गर्न थालिएपछि यातायात अवरुद्ध छ। कलंकीबाट उपत्यका बाहिरिने मुख्य नाका अवरुद्ध भएपछि लामो जाम परेको छ। केही गाडीहरू दहचोक हुँदै चलिरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved