२३ सय विद्यालयमा आईसीटी ल्याब बनाउँदै छौं : शिक्षामन्त्री पौडेल

नेपालभ्युज

२३ सय विद्यालयमा आईसीटी ल्याब बनाउँदै छौं : शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरूमा आईसीटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका छन्।

शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले तीन वर्षभित्र देशभरका सबै विद्यालयमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे।

मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए।

उनले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए। मन्त्री पौडेलले भने, “यसको प्रक्रिया छिट्टै अघि बढछ। क्रमशः तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरूमा त्यसलाई निर्माण गरिनेछ। सार्वजनिक शिक्षालाई सुधार गर्न भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले शुरु गरेको छ। तर त्यसका लागि सरोकारवाला निकायहरूले सक्दो सहयोग गर्नुपर्ने हुन्छ।”

मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरूको नयाँ दरबन्दीको व्यवस्था गर्नुपरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved