दिल्लीमा भूकम्पको धक्का

नेपालभ्युज

दिल्लीमा भूकम्पको धक्का

काठमाडौं । भारतको राजधानी दिल्लीमा भूकम्पको झट्का महसुस भएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ९:०४ बजे ४.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले जनाएको छ ।

लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एनसीएसका अनुसार “भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो । यसको गहिराई जमिनबाट लगभग दस किलोमिटर गहिराइमा थियो ।”

दिल्ली-एनसीआर भूकम्पीय जोखिम क्षेत्र मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved