आज संघीय संसदका ६ समितिको बैठक, यस्तो छ कार्यसूची

नेपालभ्युज

आज संघीय संसदका ६ समितिको बैठक, यस्तो छ कार्यसूची
फाइल फोटो

काठमाडौं । आज संघीय संसदका ६ समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका चार समिति र राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभाका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज दिउसो १ बजे बस्ने अर्थसमितिको बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज दिउसो १ बजेदेखि हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी आज दिउसो १ बजेदेखि हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषदसँग छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै आज दिउसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिको २३औं बार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान साढे ११ बजेदेखि बस्ने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्दार र पुनर्स्थापना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी दिउसो १ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved