सुनचाँदी व्यवसायीको कोणसभा (तस्वीरहरू)

नेपालभ्युज

सुनचाँदी व्यवसायीको कोणसभा (तस्वीरहरू)

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार ऱ्यालीसहित कोणसभा कार्यक्रम गरेका छन् ।

उनीहरूले न्युरोड जुद्धशालिकबाट र्‍याली सुरु गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए ।

आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved