फेवाताल सफाइमा जुटे छोरेपाटनका युवा (तस्वीरहरू)

नेपालभ्युज

फेवाताल सफाइमा जुटे छोरेपाटनका युवा (तस्वीरहरू)

काठमाडौं । आन्तरिक मात्र नभई विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य हो, पोखरा । त्यसमा पनि फेवातालले धेरैलाई लोभ्याउँछ । माछापुच्छ्रेको छायाँ देखिने फेवातालमा डुंगा सयर गर्न कसलाई रमाइलो नलाग्ला र ।

फेवातालमा बढेको फोहोरले भने पर्यटकलाई खिन्न बनाउँछ । प्लास्टिकलगायत अन्य फोहोरले फेवातालको सौन्दर्यमा असर गरेको छ । विशेषगरी ड्यामसाइड क्षेत्रमा बढी फोहोरको समस्या रहेको छ ।

फेवातालको सुन्दरता बचाउन छोरेपाटनका केही युवा लागिपरेका छन् । उनीहरु फेवातालको फोहोर हटाउँदै फोहोर नफाल्न सचेतना पनि बढाइरहेका छन् । करिब २० जनाको समूहले ड्याम साइड वरपरबाट ठूलो मात्रामा फोहोर संकलन गरेका छन् । उनीहरुले नियमित रुपमै सरसफाइ गर्ने गरेका छन्, तर केही दिनमै फेरि जम्मा भइहाल्ने समस्या रहेको छ ।

यो ठाउँ पोखरा महानगरपालिकाको १७ नम्बर वडामा पर्छ । उनीहरुले समय-समयमा फोहोर उठाउने गरेका छन् । महानगरपालिकाले फोहोर देखेर पनि कुनै चासो नराखेको उनीहरुको गुनासो छ ।

मनसुनको समयमा पोखराको फोहोर फिर्के खोला हुँदै फेवातालमा आइपुग्छ । यसैगरी सुक्खा समयमा फेवातालको पानी घट्दा सबै फोहोर ड्याम साइडमा जम्मा हुन्छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved