अमेरिकाका विमानस्थलमा अब पर्दैन जुत्ता फुकाल्न

नेपालभ्युज

अमेरिकाका विमानस्थलमा अब पर्दैन जुत्ता फुकाल्न
तस्वीर स्रोत - गेट्टी इमेज

काठमाडौं । अमेरिकी विमानस्थलहरूमा सुरक्षा जाँचको क्रममा यात्रुहरूले अब जुत्ता फुकाल्न आवश्यक पर्ने छैन ।

यातायात सुरक्षा प्रशासन (TSA) ले दुई दशकपछि सुरक्षा जाँचको लागि जुत्ता फुकाल्नु पर्ने नीति हटाएको हो ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, “यो परिवर्तन सबै अमेरिकी विमानस्थलहरूमा तुरुन्तै लागू हुनेछ, यद्यपि “बहुस्तरीय” स्क्रीनिंग प्रक्रिया भने जारी रहनेछ ।”

उनले थपिन्, “हवाई यात्रुहरूले अझै पनि जाँचको समयमा आफ्नो बेल्ट र कोट हटाउनुपर्नेछ र ल्यापटप र तरल पदार्थहरू उनीहरूको झोलाबाट निकाल्नुपर्नेछ, तर यी नियमहरूको पनि समीक्षा भइरहेको छ ।”

डिसेम्बर २००१ मा एक बेलायती नागरिकले पेरिसबाट मियामीको उडानमा आफ्नो जुत्तामा बम लुकाएका थिए । बेलायती नागरिकले बम विस्फोट गर्न सकेनन् र यात्रुहरूले उनलाई समातेर लगे । यसपछि विमानलाई बोस्टनमा सुरक्षित रूपमा अवतरण गरिएको थियो ।

यसपछि सन् २००६ मा अमेरिकाले हवाई यात्रुहरूको सुरक्षा जाँचको लागि जुत्ता फुकाल्ने नियम लागू गर्‍यो ।

“हाम्रो सुरक्षा प्रविधि धेरै परिवर्तन भएको छ । यो धेरै विकसित भएको छ । TSA पनि त्यस्तै भएको छ,” नोएमले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved