काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशले थप १० प्रतिशत भन्सार तिर्नुपर्ने कुरा दोहोर्याएका छन् ।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “ब्रिक्स समूहमा रहेका सबै देशहरूले थप १० प्रतिशत भन्सार तिर्नुपर्नेछ ।”
ट्रम्पले थपे, “हाम्रो डलरलाई हानि पुर्याउन मात्र ब्रिक्स स्थापना गरिएको थियो। यदि उनीहरू त्यो खेल खेल्न चाहन्छन् भने, त्यो ठीक छ, तर म पनि त्यो खेल खेल्न सक्छु ।”
यसअघि उनले जुलाई ७ मा आफ्नो ट्रुथ सोशल अकाउन्टमार्फत भनेका थिए, “ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग आबद्ध हुने कुनै पनि देशलाई थप १० प्रतिशत भन्सार शुल्क लगाइनेछ। यस नीतिमा कुनै छुट हुनेछैन।”
सन् २००९ मा ब्राजिल, रूस, भारत, चीन मिलेर सुरु गरिएको ब्रिक्समा पछि दक्षिण अफ्रिका पनि समावेश भयो । गत वर्ष यसमा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, र संयुक्त अरब इमिरेट्स (यूएई) थपिए । साउदी अरेबियाले हालसम्म पूर्ण सदस्यता नलिए पनि ३० भन्दा बढी राष्ट्रले ब्रिक्समा सहभागी हुने रुचि देखाएका छन् ।
Facebook Comment
Comment