रसुवा बाढी : अहिलेसम्म ५७ जनाको उद्धार

नेपालभ्युज

रसुवा बाढी : अहिलेसम्म ५७ जनाको उद्धार
तस्वीर स्रोत - रासस

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा तिब्बतबाट आएको बाढीमा फसेका ५७ जनाको उद्धार गरिएको छ । तीमध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

बाढीमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन् ।

यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छि हुँदै विभिन्न १७ स्थानमा दुई सय ९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौँज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हासम्म त्रिशूली नदीको विभिन्न चार स्थानमा मानव अङ्ग फेला परेको बताइएको छ ।

सम्बन्धित सामग्री – 

भोटेकोसीको बाढीले यस्तो देखियो नुवाकोटमा त्रिशूली नदी (तस्वीरहरू)

तिब्बतमा पहिरो, नेपालमा बाढी

पानी नपरीकनै रसुवामा कसरी आयो ठूलो बाढी ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved