तराई र पहाडभन्दा हिमाली क्षेत्रमा बढी महंगी

नेपालभ्युज

तराई र पहाडभन्दा हिमाली क्षेत्रमा बढी महंगी

काठमाडौं । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महंगी देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७३, तराईको दुई दशमलव ५८, पहाडको दुई दशमलव ४८ र हिमालको चार दशमलव १८ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १७ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ५४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९४ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ०६, गैर–मदिराजन्य पेयपदार्थको पाँच दशमलव १३, फलफूलको तीन दशमलव ५१ र दाल तथा गेडागुडीको दुई दशमलव ८५ प्रतिशतले बढेको छ ।

तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ०४, मरमसलाको तीन दशमलव ०६ र माछा तथा मासुको दुई दशमलव ९१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क नौ दशमलव ४३, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८२, शिक्षाको पाँच दशमलव ८८, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ०६ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

सम्बन्धित सामग्री –

एघार महिनामा अन्य देशलाई बेचियो करिब साढे दुई खर्बको सामान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved