भोटेकोसीको बाढीले तीन जलविद्युत् आयोजनामा क्षति, उत्पादन ठप्प

नेपालभ्युज

भोटेकोसीको बाढीले तीन जलविद्युत् आयोजनामा क्षति, उत्पादन ठप्प

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण तीन जलविद्युत् आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको छ ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत् आयोजनामा भएको छ ।

‘पुरानो त्रिशुली जलविद्युत् आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने, ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved