काठमाडौं । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला गरिएको छ ।
रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको हो ।
महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले सो कार्यक्रम निरन्तर आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु कान्त झाले बताए । यस वर्षको प्रतियोगिता विगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने उनले बताए ।
प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइने आयोजकले जनाएको छ ।
Facebook Comment
Comment