काठमाडौंको सुरक्षा व्यवस्था कडा, बन्दको प्रभाव सामान्य

नेपालभ्युज

काठमाडौंको सुरक्षा व्यवस्था कडा, बन्दको प्रभाव सामान्य

काठमाडौं। सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसद्मा टेबल गर्ने तयारी गरेसँगै काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। सडक र चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेसँगै देशभर सुरक्षा व्यवस्थालाई थप चुस्त बनाइएको छ। प्रहरीकाअनुसार यति बेला काठमाडौं उपत्यकामा सामान्य तरिकाले गाडी गुडिरहेका छन्। तर, लामो दूरीका सवारी भने चल्न सकेका छैनन्।

यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved