काठमाडौं उपत्यकामा सडक अवरोध गर्ने दुई दर्जन पक्राउ

नेपालभ्युज

काठमाडौं उपत्यकामा सडक अवरोध गर्ने दुई दर्जन पक्राउ

काठमाडौं। काठमाडौँ उपत्यकामा जबरजस्ती बन्द गराउँदै हिँड्ने करिब २ दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट २३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा बन्द गराउन निस्केका उनीहरु पक्राउ परेका हुन्। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन्।
बन्दलाई मत्थर गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved