जनकपुर बोल्ट्सले रिटेन गर्‍यो सात खेलाडी

नेपालभ्युज

जनकपुर बोल्ट्सले रिटेन गर्‍यो सात खेलाडी

काठमाडौं ।पहिलो संस्करणको नेपाल प्रिमियर लिग (NPL) को विजेता टोली जनकपुर बोल्ट्सले सात खेलाडीलाई रिटेन गरेको छ ।

टिमले सार्वजनिक गरेको सूचीअनुसार आसिफ शेख, अनिल साह, स्पीनर ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, शुभ कंसकार र तुल बी थापा मगर छन् ।

टिमले सामाजिक सञ्जालमार्फत रिटेन खेलाडीहरूको फोटोसहितको सूची सार्वजनिक गर्दै दोस्रो संस्करणमा पनि बलियो टिम बनाएर मैदानमा उत्रने संकेत दिएको छ ।

एनपीएलको दोस्रो संस्करण निकट आएसँगै विभिन्न टिमहरूले तयारी तीव्र बनाएका छन् र खेलाडी छनोटको प्रक्रिया अघि बढाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved