पोर्चुगिज फुटबल खेलाडी जोटाको कार दुर्घटनामा मृत्यु

नेपालभ्युज

पोर्चुगिज फुटबल खेलाडी जोटाको कार दुर्घटनामा मृत्यु

काठमाडौं । पोर्चुगिज फुटबल खेलाडी डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ ।

स्पेनको जामोरामा भएको कार दुर्घटनामा जोटाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनामा उनका भाइ आन्द्रे फेलिपको पनि दुर्घटनामा मृत्यु भएको छ ।

अर्को कारलाई ओभरटेक गर्ने क्रममा टायर पड्किएर ल्याम्बोर्गिनी कार सडकबाट तल झरेको थियो । त्यसपछि कारमा आगो लाग्यो र दुवैको मृत्यु भएको बीबीसीले जनाएको छ । 

जोटाले २२ जुन २०२५ मा रुट कार्डोसोसँग विवाह गरेका थिए । विवाहको दुई हप्तामै उनी घातक कार दुर्घटना परेका हुन् । यो जोडीका तीन सन्तान छन् ।

पोर्चुगिज फुटबल महासंघ (एफपीएफ)ले भनेको छ, “पोर्चुगिज फुटबल महासंघ र सम्पूर्ण पोर्चुगिज फुटबल आज बिहान स्पेनमा डियोगो जोटा र उनका भाइ एन्ड्रेस सिल्भाको मृत्युबाट पूर्ण रूपमा स्तब्ध भएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved